टर्कीको एक रिसोर्टमा आगलागी : ७६ जनाको मृत्यु, नौ जना पक्राउ
टर्की, माघ ९ गते । उत्तरपश्चिमी बोलु प्रान्तमा रहेको टर्कीको कार्तलकाया स्की रिसोर्टमा भएको विनाशकारी आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ ।
घटनासँग सम्बन्धित नौ जनालाई हिरासतमा लिइएको गृहमन्त्री अली येर्लिकायाले बताउनुभयो । घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दा येर्लिकायाले घटनास्थलमा खोज र उद्धार कार्य पूरा भएको पुष्टि गर्नुभयो ।
मङ्गलबार बिहान लागेको आगो १२ तले काठको होटलमा द्रुत गतिमा फैलिएको थियो । चौथो तल्लामा रहेको रेस्टुरेण्ट क्षेत्रमा आगो लागेको थियो । व्यस्त बिदाको मौसममा होटलमा २३८ जना पाहुना बसिरहेका थिए ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार राष्ट्रिय शोक दिवसको घोषणा गर्नुभयो । व्यस्त बिदाको मौसममा होटलमा २३८ जना पाहुनालाई राखिएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #टर्कीको एक रिसोर्टमा आगलागी : ७६ जनाको मृत्यु, #नौ जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्