आज कार्यालय खुलेलगत्तै रुपन्देही अदालतमा पुग्ने तयारीमा रवि लामिछाने
रुपन्देही । रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने आज कार्यालय खुले लगत्तै जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुने भएका छन् ।
उनीविरुद्ध सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । सोही मुद्दाको प्रतिवादका लागि लामिछाने हिजो साँझ भैरहवा आएका हुन् ।
लामिछाने बुधवार अदालत उपस्थित हुनका लागि मङ्गलवार जहाजमार्फत भैरहवा आइपुगेको रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले जनाएका छन् । लामिछाने मङ्गलवार दिउँसो साढे ४ बजे भैरहवा विमानस्थलमा उत्रिएका थिए । लामिछानेले आफ्ना तर्फबाट सकेसम्म कम वकिल राखेर एक दुई दिनमै बहस सिध्याउने योजनामा छन् ।
अहिले लामिछानेको पक्षमा बहस गर्नका लागि कानुन व्यवसायी नारायणदत्त कँडेल भैरहवामा आइसकेको छामिछानेको सचिवालय हेरेका अविनाश आचार्यले जनाए ।
‘मौसमका कारण अन्य कानुन व्यवसायी आइसक्नु भएको छैन, पहिले बयान हुने भएकाले र सरकारी वकिलले गर्ने भएकाले आजै सबै कानुन व्यवसायी नआउनुभएको हो, बहस कति जनाले गर्ने भन्ने तोकिएको छैन । पहिलेकै टीममा रहेका कानुन व्यवसायीले नै गर्नुहुन्छ, यहाँ पनि धेरै कानुन व्यवसायी रहनुभएको छ तर सकेसम्म थोरैको संख्यामा बहस गराउने हुन्छ होला’ उनले भने ।
रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले अदालतमा हाजिरी भएपछि उपलब्ध न्यायाधीशमध्येबाट कसको इजलासमा जाने निधो हुने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आज कार्यालय खुलेलगत्तै रुपन्देही अदालतमा पुग्ने तयारीमा रवि लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्