एनआरएन नेपाली नागरिकताको कार्यान्वयन गराउन देउवाले पहल गर्ने
नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले एनआरएन नेपाली नागरिकताको कार्यान्वयन गर्न पहल गर्ने बताएका छन् ।केही दिनमा सुरु हुने हिउँदे अधिवेशनबाटै संविधानले दिएका अधिकार कार्यान्वयनका लागि मार्गप्रशस्त गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मंगलबार गैरआवासीय नेपाली संघ एक समूहका अध्यक्ष डा।बद्री केसीसँगको भेटमा देउवाले भने, ‘संविधानले नै दिएको अधिकार हो, जे जति कारण कार्यान्वयन नभएको भएपनि आगामी हिउँदे अधिवेशनबाट यो विषय सम्बोधन होला, मैले गर्नुपर्ने पहल गर्छु ।ʼ
देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा अध्यक्ष डा।केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थालेपनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा समस्या परेको भन्दै समाधानका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।
संविधानले नै निर्दिष्ट गरेको अधिकार प्राप्तिका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि पछिल्लो पटक गैरआवासीय नेपालीलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर अध्यादेश आउँदा विदेशमा रहेका नेपालीहरु थप निराश भएको अध्यक्ष डा केसीले बताए । उक्त अवसरमा संघका महिला उपाध्यक्ष रोजिना प्रधान राईको समेत उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #एनआरएन नेपाली नागरिकताको कार्यान्वयन गराउन देउवाले पहल गर्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्