खुला कारागारको व्यवस्था गर्न र आजीवन काराबास ३० वर्ष बनाउन महान्यायाधिवक्ताको सुझाव
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले खुला कारागारको व्यवस्था कार्यान्वयन गर्न संघीय संसदलाई सुझाव दिएको छ । प्रतिनिधि सभा अन्तर्गत रहेको कानून, न्याय तथा मानव अधिकार समितिको मंगलबारको बैठकमा सहभागी हुँदै महान्यायाधिवक्ता रमेश बडालले यस्तो सुझाव दिएका हुन् ।
उनले खुला कारागारको कानूनी व्यवस्था भइसकेको भन्दै व्यवहारिक रुपमा कार्यान्वयन गर्न समितिलाई सुझाव दिए ।
उनले भने, ‘खुला कारागारको प्रणालीबारे कानूनी व्यवस्था भइसके पनि कार्यान्वयनमा आउन सकेको छैन । कुनै कैदीबन्दीले ३ दिन काम गर्छु भन्यो भने एक दिन छुट हुने व्यवस्था छ । अहिलेसम्म काममा पठाउने अवस्था सृजना भएको छैन ।’
खुला कारगारको व्यवस्था कार्यान्वयनका लागि महान्याधिवक्ताको कार्यालयबाट कार्यदल बनाएर काम अघि बढिसकेको महान्याधिवक्ता बडालले बताए । धेरै जसो कारागार कार्यालयसँग कार्यालय वरपरि पर्याप्त जमिन भएकाले कारागारसँगै कारखाना स्थापना गरेर कार्यान्वयनमा ल्याउन कुनै समस्या नभएको उनको भनाई थियो ।
उनले भने, ‘कारागारसँग समन्वय गर्नेगरी काराखाना सञ्चालन गर्ने हो भने त्यो अघि बढाउन सकिन्छ । झापामा गार कार्यालयसँग१० विगाह जग्गा छ । त्यहाँ कारागारसँगै कारखाना स्थापना गर्ने हो कुनै समस्या छैन । जलेश्वरमा ६ विगाहा जग्गा छ, त्यहाँ पनि सम्भावना छ ।’
खुला कारगारको व्यवस्था कार्यान्वयन गर्न सकियो भने कैदीबन्दीलाई आम्दानी, छुट र सरकारलाई पनि सहज हुने उनले बताए ।
महान्यायाधिवक्ता बडालले आजिबन कारावासको सजाय पाएका कैदीबन्दीलाई कारागारमा व्यवस्थापनमा सहज भएको भन्दै आजिबन काराबासमा ३० वर्षे कैदको व्यवस्था गर्न सुझाव दिए ।
उनले भने, ‘आजिवान कारावास पाएका कैदीबन्दीबाट समस्या सृजना हुन थालेको त्यहाँ कार्यरत सुरक्षाकर्मी र कारागार कार्यालयबाट धेरै पटक गुनासो आएको छ । कैदीबन्दीले अब म नमरुन्जेल निस्किदैँन भनेर अनुशासनमा बस्नुपर्ने कुनै आवश्यकता नदेख्ने रहेछ । केहि गरे पनि छुट नपाउने हो भने आन्तरिक अनुशासन कायममा चुनौती थपिदैँ गएको छ । नमरेसम्म जाने हो भने व्यवहार पनि राम्रो नहुने गरेको छ ।’
दण्डको प्रणाली भनेको सुधारात्मक भएकाले सुधार गर्ने मौका दिनुपर्ने भन्दै जिवन रहेसम्म कैद गर्ने विषयमा ३० वर्ष राख्न महान्याधिवक्ता बडालले सुझाव दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #खुला कारागारको व्यवस्था गर्न र आजीवन काराबास ३० वर्ष बनाउन महान्यायाधिवक्ताको सुझाव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्