रविलाई धरौटीमा छाड्नुको कारण पेश गर्न आदेश
माघ ८ गते। पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ। न्यायाधीश राजकुमार खतिवडाको इजलासले धरौटीमा छाड्नुका कारण र आधारसहितको प्रतिवेदन पेश गर्न मङ्गलबार जिल्ला अदालत कास्कीलाई आदेश दिएको हो।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने आदेश दिएपछि त्यो आदेश बदर गर्न माग गर्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा निवेदन दिएको थियो। पुस २५ गते धरौटीमा छाड्न आदेश भएकोमा २९ गते जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई निवदेन पठाएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालयको निवेदनपछि उच्च सरकारी वकिलको कार्यालयले सोमबार उच्चमा निवेदन दर्ता गराएको हो। उच्चका न्यायाधीश खतिवडाको इजलासले सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दामा जिल्ला अदालतले गरेको आदेशको कैफियत प्रतिवेदन माग्ने आदेश गरेको उच्च अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिनुभयो।
“यो अदालतको प्राविधिक आदेश हो। जिल्ला अदालतको कैफियत प्रतिवेदन प्राप्त भएपछि निवेदकको माग बमोजिम आदेश हुने वा नहुने उच्च अदालतले निर्णय गर्छ,” पनेरुले भन्नुभयो।
मुलुक फौजदारी संहिताको ७३ नम्बर दफाबमोजिम यो आदेश भएको हो। उच्च अदालत पोखरामा यसरी तल्लो अदालतका निवेदन र प्रतिवेदन सुन्ने र आदेश दिने दिन नै तोकिएको छ। सूचना अधिकारी पनेरुले हरेक बिहीबार यस्ता प्रतिवेदन सुन्ने र आदेश हुने उल्लेख गर्नुभयो।
सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम गोर्खा मिडियामा लगानी गरेर अपचलन गरेको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसहित सात जना जिल्ला अदालतको आदेशपछि धरौटीमा छुटिसक्नुभएको छ। सूर्यदर्शन सहकारी प्रकरणमा एक अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबीसहित ६३ जनाविरुद्ध दायर भएको मुद्दा विचाराधीन छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रविलाई धरौटीमा छाड्नुको कारण पेश गर्न आदेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्