हस्तमैथुन बारेको भ्रम र सत्यता
प्राय: मानिसलाई किशोर अवस्थामा पुगेपछि यौन चाहाना हुने गर्दछ । यो स्वभाविक पनि हो । यौनांगको वृद्धि संगै हुने शारीरिक परिवर्तनका कारणले किशोर उमेरबाटै यौन प्रति चाहाना हुने गर्दछ । तर यो उमेरमा यौनसाथी पाउन नसक्दा उनिहरु हस्तमैथुन गर्दछन् ।
अहिले यौन खेलौनाको बजार जसरी विस्तार हुँदै गएको छ, त्यसले हस्तमैथुन जस्ता क्रियालाई अरु सहज बनाइदिएको छ । हस्तमैथुन पुरुष र महिला दुबैले गर्ने भएपनि तुलनात्मक रुपमा पुरुष यसमा बढी सक्रिय रहेको पाइन्छ ।
यो नितान्त व्यक्तिगत क्रिया हो । त्यसैले हस्तमैथुन सामान्य भएपनि सार्वजनिक स्थानमा यस्तो क्रिया गर्नु गैरकानुनी मानिन्छ ।
कतिपय मानिस हस्तमैथुनलाई गलत मान्दछन् । तर, स्वास्थ्य विज्ञानमा भने हस्तमैथुनलाई गलत मानिदैन । केवल हस्तमैथुन गर्ने सहि उमेर नभएको अवस्थामा मात्र गर्न नहुने चिकित्सकहरु सुझाव दिन्छन् ।
प्रायः पुरुषहरु १७ बर्षको उमेरदेखि हस्तमैथुनमा आर्कषित हुने गर्दछन् । महिलाको हकमा भने अलिक बढि उमेरसम्म आफ्नो इच्छा दबाउन सक्ने भएकाले हस्तमैथुन प्रति कम आर्कषण हुन्छ । तथापी कतिपय महिला १७र१८ को उमेरबाट हस्तमैथुन गर्दछन् । तर यो संख्या न्युन हुन्छ । हस्तमैथुनले शरीरमा खुसी दिने हर्मोन इन्डारफिन्स रिलिज हुन्छ । जसले मानिसलाई आनन्दित बनाउँछ । यसले निन्द्रा पार्दछ । साथै यौनांग सक्रिय पनि राख्छ ।
हस्तमैथुनको हानि र फाइदा दुबै पक्ष छन् । हस्तमैथुनले स्वास्थ्यमा हानि गरेको पाइएको छैन । तर, यसले मनोविज्ञानमा भने असर गर्न सक्छ ।
मान्छेमा स्वभाविक रुपमा यौन इच्छा जाग्छ । यसलाई कतिले दबाएर राख्न सक्छन्, कतिले प्रकट गर्न सक्छन् । त्यो उनीहरुको अवस्थामा भर पर्छ । यौन इच्छालाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा त्यसले यौनकुष्ठा पैदा गर्न सक्छ । यौनकुण्ठाले मान्छेलाई आफ्नो दैनिक कामकाजमा लाग्न बाधा गर्ने मात्र होइन, कतिपय गलत कृत्य गर्न पनि उक्साउन सक्छ । त्यसैले यस्ता जोखिमबाट बच्नका लागि हस्तमैथुन एक राम्रो विकल्प हो भनि कतिपयले तर्क गरेको पाइन्छ । तर हस्तमैथुको लत लागेर बढिभन्दा बढि गर्नु चाँहि हानिकारक हुन्छ । यो शरीरको माग अनुसार सातामा २र३ पटकसम्म हानिकारक मानिदैन ।
क्याटेगोरी : जीवनशैली, समाचार, स्वास्थ्य
ट्याग : #हस्तमैथुन बारेको भ्रम र सत्यता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्