बाग्मती प्रदेश सञ्चार रजिष्ट्रार सापकोटाले सार्वजनिक गरे एक वर्ष कार्यकालको गतिविधि
बाग्मती प्रदेश सरकारले सञ्चार रजिष्टारको कार्यालय स्थापना गरेर काम सुरु गरेको एक वर्ष पुगेको छ । बाग्मती प्रदेश मन्त्रिपरिषद्ले २०७५ चैत २७ गते नेपालमा पहिलो सञ्चार रजिष्टारको रुपमा सञ्चारकर्मी रेवती सापकोटालाई नियुक्त गरेको थियो ।
सापकोटाले औपचारिक जिम्मेवारी सम्हालेको बैशाख ९ गते एक वर्ष पुरा गर्ने समेत उल्लेख गरेकाछन्, । उनले सामाजिक संजाल फेसबुक मार्फत लेखेकाछन्, मुलुक संघीय संरचनामा गईसकेपछि सञ्चारको क्षेत्रमा केहि परिणाममुखी काम गर्नु पर्ने जिम्मेवारी र दायित्वका कारण यो अवधिमा १२ देखि १८ घण्टा काम गरेर केहि परिणाम निस्किएको उल्लेख गरेकाछन्, ।
यो अवधिमा करिब एक सय जना पत्रकारले सफ्टवेयर मार्फत परिचयपत्र प्राप्त गरेको उल्लेख छ । यस्तै यो यो वर्ष प्रदेशबाट चार वटा टेलिभिजनले इजाजत लिएका छन् भने प्रदेशबाट चार वटा एफ एम रेडियोले पनि इजाजत लिएको उल्लेख गरीएको छ । प्रदेश सरकारलाई झण्डै एक करोड रुपैया राजस्व संकलन गर्न सफल भएको बताउदै सापकोटाले एउटा कोठाबाट सुरु भएको कार्यालय अहिले हेटौडा र काठमाडौमा स्थापना भएको समेत उल्लेख गरेकाछन् ।
पत्रकारिता र सूचना प्रविधिमा शोधपत्र तयार गर्न सहयोग गर्ने कार्यविधि स्वीकृत भएर निवेदन प्राप्त भइरहेको पनि उल्लेख छ । प्रदेशको सूचना बैंक बन्ने प्रक्रिया सुरु भएको उल्लेख गदै सापकोटाले असार मसान्तसम्म प्रदेशका केन्द्रीय निकायको सूचना बैंकबाट प्राप्त गर्न सक्ने तयारी रहेको बताउनु भएको छ ।
६० जना पत्रकारले मोबाइलबाट पत्रकारिता गर्ने तालिम प्राप्त गरेको र लेखन तथा प्रसारण वृत्ति कार्यविधि स्वीकृत गराई २० जना पत्रकारले लेखन तथा प्रसारणवृत्ति पाएको उल्लेख छ ।

क्याटेगोरी : समाचार
ट्याग : #बाग्मती प्रदेश सञ्चार रजिष्ट्रार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्