प्रधानमन्त्रीको प्रष्टोक्ति- सत्तामा टिकिरहन राष्ट्रिय हितलाई तिलाञ्जलि दिन सक्दैनौँ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने र राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुनेजस्ता स्तरहीन काम आफूबाट नहुने बताएका छन् ।
नेपालको परराष्ट्र नीतिबारेको संवादमा बोल्दै प्रधानमन्त्री ओलीले पञ्चशिलको सिद्धान्तमा आफू प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘हामीले हाम्रो भौगोलिक अवस्था र भूराजनीतिलाई बिर्सिएका छैनौं । तर, भूराजनीतिको नाममा सत्ता स्वार्थी, सत्तामा रहनको लागि जेसुकै निर्णय गर्ने, राष्ट्रिय हितलाई तिलाञ्जलि दिन तयार हुनेजस्ता स्तरहीन काम गर्दैनौं । नेपालको राष्ट्रिय नीतिभन्दा बाहिर गएर कसैले काम गर्छ भने हामी स्वीकार्दैनौँ ।’
नेपाल एउटा जिम्मेवार, विश्व शान्ति र न्यायको पक्षधर रहेको ओलीले बताए । राष्ट्रिय हितमा अडान नलिएर भूराजनीतिलाई देखाएर आफ्नो कायरतालाई लुकाउने काम आफूबाट नहुने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्रीको प्रष्टोक्ति- सत्तामा टिकिरहन राष्ट्रिय हितलाई तिलाञ्जलि दिन सक्दैनौँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्