Techie IT
मंगलबार, कात्तिक २५,२०८३

स्कुल र क्याम्पसका बस ट्राफिक कारबाहीमा


नवलपुर, माघ ६ गते । जिल्लाका स्कुल र क्याम्पसले सञ्चालन गरेका ५० प्रतिशत बस ट्राफिक कारबाहीमा परेका छन् । स्कुल र बसमा धेरै गुनासो आएपछि चेकजाँचलाई तिब्रता दिएको ट्राफिक प्रहरीले मापदण्ड नपुगेको भन्दै कारबाही गरेको हो ।

शुक्रबार गैँडाकोटमा १७ वटा बसमा चेकिङ गर्दा ९ वटा बस कारबाहीमा परेका थिए ।  आइतबार कावासोतीमा १२ वटा बसमा गरिएको चेकिङमा ७ वटा बस कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक जनकराज बन्जराले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्कुल बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर बोक्ने गरेको, कतिपय बसको बिलबुक नबोकेको, नवीकरण नभएको, कालो नम्बर प्लेट राखेको, पहेको रङकाे प्रयोग नभएको पाइएको छ ।

त्यस्तै, विद्यालय बस सञ्चालन निर्देशिका बमोजिम गाडीमा प्राथमिक उपचार किट, फायर एक्सटिङ्गीसर, आपतकालीन ढोका साथै ह्यामर पनि नरहेको र कतिपय गाडी विद्यार्थी बोक्न योग्य नरहेको पाइएको प्रहरी निरीक्षक बन्जराले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #स्कुल र क्याम्पसका बस ट्राफिक कारबाहीमा


तपाईको कमेन्ट लेख्नुहोस्