अर्थमन्त्रीको दाबी- न अर्थतन्त्र धराशायी छ, न त बैंक नै डुबेका छन्
अर्थमन्त्री पौडेलले भने, ‘कर्जा प्रवाह बढिरहेको छ । निक्षेप जसरी नै कर्जा विस्तार पनि विस्तारै भैरहेको छ । बैंकको लगानीमा सुधार भइरहेको छ । बैंक डुबे, अर्थतन्त्र समस्यामा छ भनेर प्रचार गरिएको छ । यस्ता नकारात्मक प्रचारले स्थान पाउनु हुदैन । बैंक र अर्थतन्त्र डुब्दैनन । न अर्थतन्त्र धराशायी छ न त बैंक नै डुबेका छन् । हावादारी प्रचार गर्न हुँदैन । एकाध समस्या हुन सक्छन तर त्यसको समाधान गर्न सकिन्छ । केही समस्या आयो भन्दैमा हामीले डुब्यो भन्दै प्रचार गर्न हुदैन ।’
साथै आफू सरकारमा आउँदा ओरालो लागिरहेको अर्थतन्त्रलाइ सुधार गरिरहेको उनको दाबी छ । यो सरकारले काम गर्नका लागि आवश्यक कानून निर्माण गरेर अगाडि बढीरहेको मन्त्री पौडेलले जनाए ।
अर्थ मन्त्रालयले प्रस्तुत गरेको तथ्यांकमाथि शंका नगर्न आग्रह गर्दै उनले भने, ‘अर्थ मन्त्रालय डेटामा चिटिङ गर्दैन । जे छ त्यही देखाउछ । तथ्यले जे देखाउछ ९हरियोलाइ हरियो अनि रातोलाइ रातो ० नै देखाउँछ ।’
अधिकांश सार्वजनिक संस्थान जुन खालको समस्यामा गिजोलिएका छन् त्यसका लागि सरकारले सार्वजनिक सस्थानको व्यवस्थापन गरेर अब सन्चालन गर्ने उनले आश्वसन देखाए ।
बिग्रेका अर्थतन्त्रलाइ आफ्नो सरकारले सुधार गरेर यहाँसम्म ल्याएको समेत उनले दोहोर्याए । अर्थतन्त्रमा सुधारका कामहरु गर्न जारी राख्ने उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #अर्थमन्त्रीको दाबी- न अर्थतन्त्र धराशायी छ, #न त बैंक नै डुबेका छन्
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्