घाइते, अपाङ्ग, बेपत्ता सहिद परिवार र टुहुरो बच्चाहरुलाई हिम रश्मी स्कुलको खाद्यान्न सहयोग
तारकेश्वर काठमाडौ । तारकेश्वर काठमाडौ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड ९१९०कोरोना भाइरस० संक्रमणको कारण अहिले संसारभरि आतंक फैलिएको छ। यो रोग निवारणको लागि अहिलेसम्म कुनै भ्याक्सिन बनिसकेको छैन। यसर्थ यसबाट बच्ने र बचाउने उपाय केबल लकडाउन हो, अहिले सारा विश्वभरका मान्छेहरु घर भित्रै बस्न बाध्य छन्। एकातर्फ लकडाउनले रोगबाट सुरक्षित गरेपनि, यसको प्रभाव निम्नआए भएका, ज्यालादारीमा रोजीरोटि चलाउने र हुँदा खानेहरुमा परेको छ भने अर्कोतर्फ बालगृहका बालबालिकाहरु समेत प्रभावित बनेका छन ।
यस्तो असहज परिस्थीतीमा तारकेश्वरका मनमैजुमा अवस्थीत हिम रश्मी हाई स्कुलले खाद्यान्न सहयोग गरेको छ ।

हिम रश्मी स्कुलले एकीकृत सिर्जनशील समाज नेपाल बालगृहका बालबालिकाहरुलाई खाद्यान्न वितरण गरेको छ ।
शुभकामना चोक स्थित बालगृहमा जनयुद्ध र जनआन्दोलनका घाइते, अपाङ्ग, बेपत्ता सहिद परिवार र टुहुरो बच्चाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
स्कुलको सामाजीक उत्तरदायीत्व अनुरुप बालगृहलाई सहयोग गरिएको विद्यालयका इन्चार्ज माहाप्रसाद अमागाँईले बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #हिम रश्मी हाई स्कुल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्