Techie IT
मंगलबार, कात्तिक २५,२०८३

डा निकोलस भुसाल धरौटीमा रिहा


कमल भुसाल (डा निकोलस भुसाल) लाई अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । रास्वपा सभापति रवि लामिछानेको हिरासतमा रहँदाको तस्बिर खिची सार्वजनिक गर्ने कमल भुसाल ९डा निकोलस भुसाल० लाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

जिल्ला अदालत कास्कीका न्यायाधीश शंकरबहादुर राईको इजलासले भुसाललाई ५० हजार धरौटीमा छाड्न शुक्रबार आदेश दिएको हो । लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका बेला गत २९ मङ्सिरमा सुतिरहेको फोटो खिचेर भुसालले सार्वजनिक गर्नुभएको थियो ।

भुसाललाई साइबर अपराध कसुरमा बिहीबार नियन्त्रणमा लिई शुक्रबार अदालत पेश गरिएको थियो । यसअघि पुस ७ गते भुसाललाई काठमाडौंबाट पक्राउ गरी ८ गते पोखरा ल्याइएको थियो । त्यसबेला अदालतले उहाँलाई म्याद थप्न इन्कार गरेको थियो ।

 


क्याटेगोरी : समाचार
ट्याग : #डा निकोलस भुसाल लाई धरौटीमा रिहा गर्न अदालतको आदेश


तपाईको कमेन्ट लेख्नुहोस्