Techie IT
बिहीबार, भदौ २५,२०८३

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु


काठमाडौं । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ ।

दोलखाबाट काठमाडौं जाँदै गरेको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई लामोसाँघु जिरी सडक खण्ड को ८ किलो नजिक ठक्कर दिएको थियो ।

मधेश प्रदेश ०३(००२ ख ०५३४ नम्बरको ट्रकले बागमती प्रदेश ०२(०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी भएको थियो । मोटरसाइकलमा लागेको आगोमा परी चालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्