ललितपुरलाई स्मार्ट सिटी बनाउने योजना अघि बढिसक्यो : प्रमुख महर्जन
ललितपुर, माघ ३ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसकेको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले महानगरलाई स्मार्ट सिटी बनाउनका लागि पोखरीहरुको पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले वतावरणीय सुधार महानगरको प्राथमिकतामा रहेको बताउनुभयो ।
ललितपुर महानगरभित्र खुला ठाउँ नभएका कारण केही समस्या भइरहेको उहाँको भनाइ छ । प्रमुख महर्जनले स्मार्ट सिटी बनाउनका लागि कम्तीमा १० प्रतिशत खुला ठाउँको आवश्यकता रहेकोमा महानगरसँग तीन प्रतिशत मात्र खुला ठाउँ रहेको बताउनुभयो ।
उहाँले पहिले नै नेपाल आर्मीलगायतले खाली ठाउँ लगिसकेका कारण अब कसैलाई पनि जमिन नदिने नीति लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘अहिले हामी ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने योजनामा छौं । तर स्मार्ट सिटी बनाउनका निमित्त कम्तीमा पनि १० प्रतिशत ठुला ठाउँको आवश्यकता छ । हामीसँग तीन प्रतिशत मात्र खुला ठाउँ छ । खुला ठाउँ नभएकै कारण अहिले मर्निङ वाक र इभनिङ वाक गर्न पाइँदैन । मैले प्रमुख भएपछि कुनै पनि माइकालाललाई एक आना जमिन पनि नदिने नीति लिएको छु । पहिले नै सबै लिसक्यो अहिले मसँग तीन प्रतिशत मात्र जग्गा बाँकी छ । म यो चाहिँ घटाउन चाहन्न ।’’
उहाँले महानगरलाई स्मार्ट सिटी बनाउन सङ्घीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ललितपुरलाई स्मार्ट सिटी बनाउने योजना अघि बढिसक्यो : प्रमुख महर्जन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्