दिनेश त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति प्रहरी हिरासतमा
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार हातपात गर्ने व्यक्ति अहिले प्रहरी हिरासतमा छन् । उनले आफ्नो नामबाहेक केही पनि परिचय खुलाएका छैनन् ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको विषयमा थुनछेक बहस सकिएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि सामान्य हातपात भएको थियो ।
जिल्ला अदालत, काठमाडौंको हाताभित्रै त्रिपाठीमाथि हातपात गर्ने ४८ वर्षीय ललीत केसी हुन् । उनी दोलखा जिल्लाको तामाकोशी गाउँपालिका १ का स्थायीवासी हुन् । ललितपुर, टीकाथलीमा डेरा गरी बस्ने उनले हालसम्म आफ्नो काम, पेशा वा व्यवसाय बताएका छैनन् ।
बुधबार साँझ बबरमहलस्थित जिल्ला अदालतनजिकैबाट उनी पक्राउ परेका हुन् । आजमात्रै उनको म्याद थप गरिँदैछ । उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
जाहेरवालाको तर्फबाट बहस गर्न जिल्ला अदालत पुगेका वरिष्ठ अधिवक्ता त्रिपाठीले बहस सिध्याएर बाहिरिने क्रममा उनीमाथि हातपात प्रयास भएको थियो । उनले रविमाथि हदैसम्मको कारवाही हुनुपर्ने माग राख्दै बहस गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दिनेश त्रिपाठीमाथि हातपात गर्ने व्यक्ति प्रहरी हिरासतमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्