जय ट्रफी फाइनल : १०३ रनको लक्ष्य पछ्याएको आर्मी लड्खडाउँदै
काठमाडौं । जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब जितका लागि संघर्षरत छन् । पुलिसले दिएको १०३ रनको मामुली लक्ष्य आर्मीलाई गह्रुँगो बनिरहेको छ ।
पहिलो इनिङमा ३७ रनले पछि परेको पुलिसले दोस्रो इनिङमा १३९ रन जोडेको थियो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४५ रन बनाएका थिए । १०३ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले लन्चसम्म २७ रन बनाउँदा तीन महत्त्वपूर्ण विकेट गुमाएको छ ।
आर्मीका त्रितराज दास २ रन, सन्तोष कार्की शून्य र भीम सार्की ५ रन बनाएर आउट भएका छन् । अहिले इमरान सेख र बसिर अहमद क्रिजमा छन् । पुलिसका ललित राजवंशीले २ र सागर ढकालले एक विकेट लिए ।
७ विकेट हातमा रहेको अवस्थामा आर्मी ७६ रनले पछाडि छ । ललित, सागर र कुशल भुर्तेलको स्पिन झेल्दै लक्ष्यसम्म पुग्न आर्मीका ब्याटरहरुलाई सहज हुने छैन ।
कप्तान विनोद भण्डारीसँगै सोमपाल कामी, विवेक यादवजस्ता ब्याटरहरु आर्मीसँग बाँकी छन् । अहिलेसम्म १० ओभरको खेल मात्रै सकिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जय ट्रफी फाइनल : १०३ रनको लक्ष्य पछ्याएको आर्मी लड्खडाउँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्