चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ
काठमाडौँ, माघ ३ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको प्रमोसन गर्नका लागि देशभर चार्जिङ स्टेसन बढाउनुपर्ने बताउनुभएको छ ।
बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २५ वर्ष पुगेको अवसरमा आयोजित इप्पान इभी र्यालीमा सहभागी हुँदै घिसिङले यस्तो बताउनुभएको हो । नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग निजी सवारी साधन मात्रै नभएर अहिले देशभर जाने यात्रुवाहक समेत विद्युतीय सवारी साधनमा परिणत भइरहेको छ । यात्रुवाहक सवारी साधन विद्युतीयमा वृद्धि हुँदै जानु भनेको ठुलो परिवर्तन भएकोले मुलुकभित्रै विद्युतको माग बढाउने प्राधिकरणको अभियान रहेको भन्दै इप्पानको इभी र्यालीले अभियानलाई ठुलो सहयोग पुगेको उहाँले बताउनुभयो ।
पछिल्लो समय ७० प्रतिशत विद्युतीय सवारी साधनको खरिद विक्री भएको तथ्याङ्क छ । विद्युतीय सवारी साधनको प्रोमोपन विद्युतीय सवारी साधन किनेर मात्रै नहुने यसको लागि आवश्यक संरचनाहरू बनाउन जरुरी रहेको घिसिङले उल्लेख गर्नुभयो । घिसिङले विद्युतीय चार्जिङ स्टेसनहरू मुलुकभर बनाउन जरुरी रहेको बताउनुभयो । सरकारले निजी क्षेत्रले ठुलो सहुलियतसहित प्रोत्साहन गरेको भन्दै ६ सयभन्दा बढी चार्जिङ स्टेसन निजी क्षेत्रले मात्रै बनाएको उल्लेख गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्