Techie IT
शुक्रबार, भदौ २६,२०८३

रविको पक्षबाट चार वकिलको बहस सकियो, सरकारी वकिलको जवाफ सुरु


काठमाडौं । सहकारी ठगी सम्वन्धि मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको तर्फबाट बहस सकिएको छ । आज भएको थुनछेक बहसमा रविको तर्फबाट चार वकिलहरुले भाग लिए ।

पूर्वमहान्यायाधीवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्तले खाजा समय अगाडि बहस गरेका थिए । खाजा समयपश्चात थप दुई वकिलको बहस भएको छ । उनीहरु सबैले रविलाई साधारण तारेखमा रिहा गर्न माग गरेका छन् ।

अहिले सरकारी वकिलहरुले फेरि जवाफी बहस सुरु गरेका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रविको पक्षबाट चार वकिलको बहस सकियो, #सरकारी वकिलको जवाफ सुरु


तपाईको कमेन्ट लेख्नुहोस्