शीतलनिवासमा होल्ड भएको भूमि अध्यादेशबारे प्रधानमन्त्री- आज आउँदैछ, नसुल्झिएका समस्या समाधान गर्दैछौँ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी अध्यादेश आज आउने बताएका छन्। यो अध्यादेश सरकारले जारी गर्न सिफारिस गरेको भए पनि राष्ट्रपति रामचन्द्र पौडेलले रोकेका छन्।
बालुवाटारमा उद्योगी व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘आज भूमिसम्बन्धी अध्यादेश आउँदै छ। यसले भूमिसम्बन्धी नसुल्झिएका समस्याहरू छन्, ती सुल्झाउन, सरकारले पहिला आफैँ जमिन किन्न दिन्छ, हाउजीङ गर्न दिन्छ। प्रशस्त घर बनाउन दिन्छ। अनि बनाइसकेपछि हदभन्दा बढी जग्गा किनेछौ बेच्न त पाइँदैन भन्छ।’
अस्तव्यस्त बनाउने नीतिहरूलाई करेक्सन गर्न सरकारले काम गरिरहेको बताए।
उनले थपे, ‘घर बनिसकेका छन्, बेच्न पाइँदैन अनि लगानी डुबेन। लिलामी गरेर त्यो किन्छ। बैंकले लोनको सट्टा त्यो घर लिलामी गर्यो अनि किन्छ चाहिँ कसले ? त्यो अस्तव्यस्त बनाउने नीतिहरू हामीले करेक्सन गरिरहेका छौँ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नसुल्झिएका समस्या समाधान गर्दैछौँ, #शीतलनिवासमा होल्ड भएको भूमि अध्यादेशबारे प्रधानमन्त्री- आज आउँदैछ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्