Techie IT
बिहीबार, भदौ २५,२०८३

भूकम्प सुरक्षा दिवसमा सचेतनामुलक कार्यक्रम


सिन्धुलीमाढी, माघ २ गते । सिन्धुली जिल्लामा २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा बुधबार प्रभातफेरी तथा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ ।

जिल्ला प्रशासर कार्यालयको आयोजना र सहरी विकास तथा भवन कार्यालयको संयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा सम्पन्न उक्त कार्यक्रममा जनप्रतिनिधिहरु, कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, सुरक्षाकर्मी, विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

भूकम्प सम्बन्धी सचेतनामुलक प्लेकार्ड सहित जिल्ला रेडक्रस शाखाको भवन अगाडीबाट सुरु भएको प्रभातफेरी बजार परिक्रमा गरी लोकतान्त्रिक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले भूकम्पबाट बच्न पहिले नै सावधानी अप्नाउनु पर्ने र भूकम्फ प्रतिरोधी संरचना बनाउन सबैले ध्यान दिनु पर्ने बताउनुभयो ।

त्यस्तै साना सहर आयोजना खुर्कोटले २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा बुधबारदेखि सात दिने भवन निर्माण सम्बन्धी डकर्मी तालिम सुरु गरेको छ । उक्त तालिममा भूकम्प प्रतिरोधी संरचना बनाउन सिकाइने र ३० जनाको सहभागिता रहेको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भूकम्प सुरक्षा दिवसमा सचेतनामुलक कार्यक्रम


तपाईको कमेन्ट लेख्नुहोस्