इटहरीमा भएको मोटरसाइकल दुर्घटनामा एमाले नेता राईको मृत्यु
विराटनगर । सुनसरीको इटहरी २० तरहरामा भएको सवारी दुर्घटनामा परि भोजपुर हतुवा गढीका विजय राई (मुकेश) को मृत्यु भएको छ ।
उनी एमालेका स्थानीय नेता हुन् । उनी सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा राईको मृत्यु भएको हो ।
उनी नेकपा एमाले भोजपुर हतुवागढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष हुन् ।
इटहरी उपमहानगरपालिका वडा नं २० हिमशिखर बोर्डिङ स्कुल नजिकै भित्री सडक खण्डमा तरहरा बजारतर्फ आउँदै गरेको को ३८ प २००९ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
दुर्घटनामा परि गम्भीर घाइते भएका राईको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
दुर्घटनामा परि इटहरी २० बस्ने १९ वर्षीय अनिष बस्नेत घाइते भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इटहरीमा भएको मोटरसाइकल दुर्घटनामा एमाले नेता राईको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्