‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
नेपालगन्ज, माघ २ गते । बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा नेपालगन्जबाट हुँदै आएका हवाई उडान दुई दिनदेखि बन्द भएको छ ।
मङ्गलबार बिहानैबाट चलेको शीतलहर तथा हुस्सु कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलबार कुनै पनि हवाई उडान हुन सकेन भने आज ९बुधबार० पनि बिमानस्थल बन्द रहेको नेपाल नागरिक उडयन प्राधिकरण नेपालगन्जले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म बुधबार बिहान एक हजार भिजिबिलिटी भएकाले श्री एयरलाइन्सले मात्र उडन भरेको छ ।
नेपालगन्ज विमानस्थलको टावरले दिएको जानकारी अनुसार जहाज उडाउन एक हजार भिजिबिलिटी हुनुपर्ने र जहाज उतार्नका लागि एक हजार ६०० भिजिबिलिटी हुनुपर्नेमा मङ्गलबार पाँच सयभन्दा बढी भिजिबिलेटी नभएकाले कुनै पनि उडान हुन नसकेको हो ।
तर, जहाज आउनका लागि एक हजार ६०० भिजिबिलिटी आवश्यक पर्ने हुँदा त्यति नपुगेसम्म कुनै पनि जहाज नआउने टावरले जनाएको छ । यसैगरी, पहाडी जिल्लामा हुने उडानहरु बुधबार पनि सबै बन्द रहेका छन् ।
नेपालगन्जबाट काठमाडौंका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरलाइन्सले चार र यति एयरलाइन्सले दुईवटा नियमित उडान दैनिक गर्दै आएको थियो । भिजिबेलिटी कम भएका कारण दुई दिनदेखि उडान हुन नसकेको सो कार्यालयले जनाएको छ ।
सोही प्रकारले नेपालगन्जबाट पहाडी जिल्लाहरुमा बिहान हुने गरेका उडानहरू पनि मङ्गलबारदेखिनै हुन नसकेको जनाइएको छ ।
दुई दिनदेखि हवाई उडान नहुँदा नेपालगन्ज विमानस्थलबाट काठमाडौं र पहाडी जिल्लामा यात्रा गर्न टिकट लिएर बस्नुभएका यात्रुहरुलाई ठुलो समस्या भएको आरएस ट्राभल्सका सञ्चालक रवि गिरीले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्