दोस्रो तीनपोखरी कपको उपाधी झापाको चुलाचुलीलाई
खाँदबारी । झापाको चुलाचुली क्लबले खाँदबारीमा सम्पन्न दोस्रो तीनपोखरी आमन्त्रीत कप फुटवलको उपाधी जितेको छ । खाँदबारी रंगशालामा मंगलबार भएको फाईनल खेलमा चुलाचुलीले आयोजक तीनपोखरीलाई २–१ गोलले हरायो । पहिलो हाफको १० औ मिनेटमा तीनपोखरीका खेलाडीले डि एरियामा फल गरेपछि पेनाल्टी सुटआउटबाट चुलाचुलीका तीर्थ बस्नेतले गोल गरेर अग्रता दिलाएका थिए ।
दोश्रो हाफको ७ औ मिनेटमा तीनपोखरीका तर्फबाट मिक्सनल लिम्बुले गोल गरेपछि खेल बराबरीमा आएको थियो । १४ औ मिनेटमा निश्चल बस्नेतले गरेको गोल चुलाचुलीका लागि निर्णायक बनेको थियो ।
बिजेता संगै चुलाचुलीले २ लख २५ हजार पुरस्कार पाएको छ । उपविजेता बनेको आयोजक तीनपोखरी क्लबले १ लाख १० हजारमा चित्त बुझाएको छ । सेमिफाईनलमा पुगकेको एपीएफ कोशी प्रदेश र मोरङको बुल्स ११ ले २५ हजार पुरस्कार पाएको छ ।
प्रतियोगितामा तीनपोखरी क्लबका अभिशेषकुमार खड्का उत्कृष्ट खेलाडी घोसित भए । उत्कृष्ट गोलरक्षक चुलाचुलीका मुस्कान लिम्बु र चुलाचुलीका तीर्थबस्नेतले हाईस्कोरर घोसित भए । माघ २६ देखि चलेको प्रतियोगितामा ८ टिम सहभागी थिए ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #उपाधी, #खादबारी, #झापा चुलाचुली, #तिनपोखरी कप, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्