शेखरको टिप्पणी- अध्यादेशले कांग्रेसलाई अप्ठ्यारो पारेको छ
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गलत बाटोमा हिँड्न खोजेको टिप्पणी गरेका छन् । नेपाली जनसम्पर्क समिति बेलायतले लण्डनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले संसद सुचारु नगरेर अध्यादेश ल्याएको भन्दै विरोध जनाए ।
उनले कांग्रेस र एमाले दुई ठूला दल मिलेपछि अब लोकतन्त्र के हुन्छ ? चिन्ता लागिरहेको बताए ।
उनले भने, ‘अहिले फेरि पनि अध्यादेश आएको छ । संसद बोलाएर चल्नुपर्ने बेलामा अध्यादेश ल्याउनुपर्ने जरुरत थिएन । पटक्कै थिएन । अहिले आएको अध्यादेश यस्तो जरुरी पनि होइन कि सरकारको कामै रोक्ने पनि होइन । हामीले संसदीय प्रणालीमा अघि बढेरहेका छौं । तर, काम चाहिँ निरंकुशतातिर अघि बढेको छ कि भन्ने डर भइरहेको छ । त्यो अध्यादेश ल्याएर कांग्रेसलाई अप्ठ्यारो पारिदिने, किनभने हामी त लोकतान्त्रिक पार्टी हौं नि !’
उनले प्रधानमन्त्री ओलीले ०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्नु हास्यापद भएको टिप्पणी गरे ।
कोइरालाले थपे, ‘हामीले संविधान संशोधनसहितको ७ बुँदा भनेका छौं तर प्रधानमन्त्रीजीले ०८७ सम्ममा संविधान संशोधन गर्न सक्दैनौं भनेर बोलिदिनुभयो । आफ्नै पार्टीभित्र, ०८४ मा चुनाव हुँदैछ, उहाँले ०८७ को कुरा बोल्दिनुभयो । यो हास्यापद हो । चुनावपछि के हुन्छ कसरी जान्छ भन्ने कुरा हो । संविधान कांग्रेस र एमालेले मात्रै होइन, माओवादी मधेशवादी दल सबैको सुझाव लिएर संशोधन गर्नुपर्छ यो कांग्रेस र एमालेको डकुमेन्ट होइन । त्यसैले हामी गलत तरिकाले अगाडि बढ्न खोजिरहेका छौं ।’
उनले प्रधानमन्त्री र ऊर्जामन्त्री कुलमान घिसिङविरुद्ध लागेको भन्दै आलोचना गरे । उनले हरेक दुई-दुई महिनामा सरकार परिवर्तन हुँदै गएपछि स्थायित्वका लागि एमालेसँग ७ बुँदे सहमति गरेर अघि बढेको भएपनि कार्यान्वयन प्रक्रिय अघि नबढेकोप्रति असन्तुष्टि जनाए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शेखरको टिप्पणी- अध्यादेशले कांग्रेसलाई अप्ठ्यारो पारेको छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्