अहिल्यै समाजवादीमा गइन्न, एमालेसँग पनि कुरा हुँदैछ : वामदेव
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकता गर्ने करिब करिब निश्चित भएको भनिए पनि वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानले अहिल्यै उक्त पार्टीसँग एकता नगर्ने भएको छ ।
नेपाल प्रेससँग कुरा गर्दै अभियानका संयोजक तथा एमालेका पूर्वउपाध्यक्ष गौतमले एमाले र अन्य वाम घटकसँग पनि कुराकानी चलिरहेका कारण तत्काल कोहीसँग एकता गरिहाल्ने कार्यक्रम नरहेको बताए ।
‘कतै न कतै एकता नगरी त हुन्नँ, तर एकीकृत समाजवादीसँगै गर्ने भन्ने कुरा पनि अहिल्यै हुँदैन’, उनले भने, ‘साथीहरूले अरूसित पनि कुराकानी चलाइरहनुभएको छ, जता गर्दा वामपन्थीबीचको सुदृढ एकता सम्भव हुन्छ, हामी त्यतै जाने हो ।’
गौतमले एकीकृत समाजवादीसँग संगठन विभाग प्रमुखको जिम्मेवारी माग गरेका थिए । तर, अध्यक्ष माधवकुमार नेपालले उक्त जिम्मेवारी पाउनुपर्ने पार्टी महासचिव घनश्याम भुसाललाई पनि नदिई आफ्नो भित्री समूहका नेता बेदुराम भुसाललाई दिएका छन् ।
‘माधवले अरू कुरा मान्नुहोला, संगठन विभागमा मान्नुहुन्न’, एकीकृत समाजवादीबाट वामदेवसँग वार्ता गर्न खटाइएका एक नेताले बताए ।
तर, गौतम भने राजनीतिक, सैद्धान्तिक र कार्यगत विषयहरूलाई परिपक्व ढंगले निम्ट्यारा नलगाई गरिने एकता दिगो र उपलब्धिमूलक नहुने भन्छन् ।
‘पद, जिम्मेवारीका कुरा पनि आउँछ, तर मुख्य कुरा राजनीतिक, सैद्धान्तिक र कार्यनीतिका हुन्छन्’, उनले भने, ‘त्यो कुरामा जो लचिलो हुन्छ, उहीसँग एकता हुन्छ ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अहिल्यै समाजवादीमा गइन्न, #एमालेसँग पनि कुरा हुँदैछ : वामदेव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्