दमकल नजाने काठमाडौंका गल्लीमा यसरी जोडिँदैछ फायर फाइटिङ पाइपलाइन
काठमाडौं । काठमाडौंका साँगुरा गल्ली र बस्ती । सवारी आवागमन र पैदलयात्रीलाई त समस्या छँदैछ । आगलागी हुँदासमेत दमकल लैजान नसकिने यी ठाउँमा वैकल्पिक उपायका लागि महानगरले काम थालेको छ ।सडक अनि महानगरपालिका- ७ मा फायर फाइटिङ पाइप लाइन (ड्राइ राइजर) जडान गरिएको छ । पाइप लाइनको सोमबार सफल परीक्षण गरिएको महानगर प्रहरी इन्सपेक्टर ध्रुवकुमार भुजेलले बताए ।
उनले भने, ‘साँघुरा गल्लीहरूमा काठमाडौं महानगरपालिकाले विपद् व्यवस्था विभाग अन्तर्गतको बजेटहरूबाट फायर फाइटिङ पाइप लाइन (ड्राइ राइजर) जडान गरिएको हो । विभिन्न वडाहरूमा जहाँ दमकल जान सक्दैन । जसले आगलागी हुँदाखेरी आगो निभाउका निम्ती पानीको अत्यन्त आवश्यक हुन्छ । पानी निकाल्नको निम्ति ड्राइ राइजरको सहयताले पानि छिराउने गर्छौँ ।’ साथै उनले आगो निभाउनका लागि धेरै गल्लीहरूमा ड्राइ राइजर राखिएको बताए । उनले वडा नं. १२, ३, ६, १५ मा यो भन्दा अगाडि नै राखिएको भए पनि आज ७ नं वडामा ड्राइ राइजर राखिएको बताए ।
दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो । यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ ।
दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गर्न सकिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #दमकल नजाने काठमाडौंका गल्लीमा यसरी जोडिँदैछ फायर फाइटिङ पाइपलाइन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्