नेकपाका नेताद्धारा उपत्यकाभित्रका पत्रकारलाई प्रेस ज्याकेट, मास्क र स्यानेटाइजर हस्तान्तरण
ललितपुर, चैत २६ । नेकपाका नेताले उपत्यकाभित्रका पत्रकारलाई प्रेस ज्याकेट, मास्क र स्यानेटाइजर हस्तान्तरण गरेका छन् ।
आज नेकपा प्रदेश कमिटि सदस्य शिवप्रसाद कट्टेल र नेकपा ललितपुरका कार्यालय सदस्य सरोज डंगोलले काठमाडौं, ललितपुर र भक्तपुरका प्रेस संगठन नेपाललाई तीनसय सेट हस्तन्तरण गरेका हुन् ।
देश लकडाउन भएको र पत्रकारहरु फ्रन्टलाइनमा बसेर रिपोटिङ गर्न अप्ठारो भएको महसुस गरेकोले ज्याकेट लगायतका सामग्री हस्तान्तरण गरेको नेता शिव प्रसाद कट्टेलले बताए ।
पत्रकारलाई आवश्य भएको ज्याकेट लगायतका सामग्री प्रदान गरेकोले आफूलाई थप जिम्मेवारी महसुस भएको प्रेस संगठन नेपाल काठमाडौंका अध्यक्ष सागर पन्तले बताए ।
सो अबसरमा प्रेस संगठन नेपाल ललितपुर, काठमाडौं, भक्तपुरको संयोजक, सहसंयोजक, उपत्यका प्रदेश समिति सदस्य प्रविन कुमार चौधरी, प्रकृति नेपाललगायतको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकारलाई प्रेस ज्याकेट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्