रवितर्फबाट आज २ जना पूर्वमहान्यायाधिवक्ताले बहस गर्दै
काठमाडौं । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसम्बद्ध सहकारीको बचत अपचलनसम्बन्धी मुद्दाको थुनछेक बहसमा अहिले सरकारी वकिलको तर्फबाट फणीन्द्र कटुवालले बहस गरिरहेका छन् ।
तर, उनीहरू अहिलेसम्म अदालत पुगिसकेका छैनन् । उनको तर्फका वकिलहरू संयोजन गरिरहेका अधिवक्ता यज्ञमणि न्यौपानेले दुवै पूर्वमहान्यायाधिवक्ता अदालतबाट नजिकैको दूरीमा रहेकाले पालो आउनासाथ इजलासमा उपस्थित हुनेछन् । ११ सरकारी वकिल र जाहेरवालाका केही वकिल पनि वकालतनामा पेश गरेका कारण आफूहरूले धेरैलाई बहस गराउन नचाहेको न्यौपानेले बताए ।
‘जे पनि गर्न सक्छन्, त्यसैले हामी आजै आदेश आउने कुरामा सिरियस छौं’, उनले भने ।
कामपा- १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा रविका विषयमा थुनछेक बहस चलिरहेको हो । उनी आइतबार बयानका निम्ति आफैं अदालतमा उपस्थित भएका थिए ।
बयान सकिए पनि थुनछेक बहस नभएपछि अदालत प्रशासनले उनलाई न्यायिक हिरासतमा पठाएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवितर्फबाट आज २ जना पूर्वमहान्यायाधिवक्ताले बहस गर्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्