रविलाई अदालत लगिँदै, कहाँ छन् छवि ?
काठमाडौं । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई बबरमहलस्थित जिल्ला अदालत लगिँदै छ । तर, बिहीबार पोखराबाट उनीसँगै रिहा भएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी अहिलेसम्म काठमाडौं जिल्ला अदालतमा हाजिर हुन गएका छैनन् ।
जिल्ला प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार रविलाई अदालत लैजाने टोली तयार भइसकेको छ । तर, जोशीका बारेमा केही जानकारी नभएको उनले बताए ।
नेपाल प्रेसले सम्पर्क गर्न खोज्दा उनको मोबाइल नेटवर्क कभरेजभन्दा बाहिर रहेको संकेत आयो । ह्वाट्सएप कल रिसिभ भएन ।
उनी पनि पोखरामा सञ्चालित सूर्यदर्शन सहकारी ठगी मुद्दामा रविसँगै बिहीबार रिहा भएका थिए । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई ८८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि उनी काठमाडौं गएको कास्की प्रहरी स्रोतले बताएको छ । तर, काठमाडौंमा प्रहरी र अदालत दुवैको सम्पर्कमा छैनन् ।
कास्की जिल्ला अदालतमा प्रहरीले मुद्दा पेश गर्दैमा निजहरू छुटिजाने अवस्थामा पुनः प्रहरीकै जिम्मा दिन माग गरेको थियो । तर, अन्य जिल्लाका मुद्दाका सम्बन्धमा आफैँ उपस्थित हुने गरी रिहा भएका थिए । त्यसैले काठमाडौं प्रहरीसँग उनलाई पक्राउ गर्ने आधार छैन । ‘अदालतले उपस्थित गराउ’न भन्यो भने मात्र आफूहरूले खोज्नुपर्ने प्रवक्ता अधिकारीले बताए ।
रविको हकमा आइतबार जिल्ला अदालतमा बयान सकिएपछि पनि थुनछेक बहस शुरु नहुँदा न्यायीक हिरासतमा राख्न प्रहरी परिसर पठाइएका थिए । आज थुनछेक बहस हुने सम्भावना छ । बहसपछि इजलासको आदेशअनुसार धरौटीमा छुट्ने वा पुर्पक्षका लागि थुनामा राख्ने भन्ने निर्क्यौल हुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कहाँ छन् छवि ?, #रविलाई अदालत लगिँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्