Techie IT
शुक्रबार, भदौ २६,२०८३

एक महिने माधव नारायण मेला सुरु


आजबाट श्री स्वस्थानी व्रत तथा माधव नारायण मेला सुरु भएको छ । नेपाल संवतको आठौँ शताब्दीदेखि सुरु भएका एक महिने माधवनारायण व्रत एवं मेला हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ।

हनुमान घाटमा आज बिहानै स्नान गर्ने तथा माधव नारायणको पूजा गर्नेहरूको चहलपहल छ । माधव नारायण भगवान् विष्णुको अर्को नाम हो । विष्णुलाई १२ महिनामा १२ वटा नामले पुकारिन्छ र पूजा गरिन्छ ।

माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामाग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एक महिने माधव नारायण मेला सुरु


तपाईको कमेन्ट लेख्नुहोस्