ट्रककाे ठक्करबाट एक युवाको मृत्यु
ट्रकको ठक्करबाट कपिलवस्तुमा एक युवाको मृत्यु भएको छ । सोमबार बिहान ७ः३० बजे बुद्ध भूमि २ वडहरा पुल नजिक भएको दुर्घटनामा सोही वडा गोरुसिङ्गे घर भएका वर्ष २० का अर्जुन थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताउनु भयो ।
पश्चिम बाट पूर्व तर्फ आउँदै गरेको बा।प्र। ०३–००१ ख २२२० न। को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु ९१ प ३१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका थारुलाई प्रहरीले उपचारका लागी कपिलवस्तु अस्पताल पुराएको थियो । अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रक चालक जिल्ला चितवन रत्तनगर न।पा। ३ बस्ने वर्ष ३७ को जयराम तिमिल्सेना प्रहरीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक पङ्कज चुदाँलीले बताउनु भयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ट्रककाे ठक्करबाट एक युवाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्