टोखामा मगमगायो चाकु
काठमाडौँ, पुस २९ गते । कठ्याङ्ग्रिने मौसममा टोखाका गल्ली र बजार भने तातो चाकुको बास्नाले मगमग छ । माघेसङक्रान्ति पर्वमा तरुल, घिउसँगै खाने विशेष परिकार चाकु, तिलौरीलगायतका परिकार बन्ने टोखा क्षेत्रका बासिन्दाहरू यतिबेला परम्परागत मिठाइ चाकुका परिकार बनाउन व्यस्त छन् ।
जाडो मौसममा शरीरलाई आँतैदेखि तातो बनाउने चाकुका अनेकौँ परिकार किन्न खुद्रा तथा थोक विक्रेताहरूको पनि टोखामा घुइँचो छ । टोखाका चाकु व्यवसायी कृष्ण श्रेष्ठ टोखावासीको पुख्र्यौली पेसाका रूपमा चलिरहेको यो व्यवसायमा यतिबेला निकै चटारोसाथ काम गर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार सक्खरलाई आगोमा पगालेर तिल, नरिवलका टुक्रा, बदामलगायतका विभिन्न खाद्यपदार्थ मिलाएर चाकु बनाइन्छ । श्रीकृष्ण चाकु प्रोडक्सन प्रालिका संस्थापकसमेत रहनुभएका श्रेष्ठले चिसो मौसममा शरीर तताउन बिरामी, रोगी, ज्येष्ठ नागरिकदेखि बालबालिकाले समेत खान मिल्ने परिकार बनाउने आफूहरू चौथो पुस्ता रहेको बताउनुभयो ।
उहाँले नेवार समुदायमा चाकु जन्मदेखि मरनसम्मको सांस्कृतिक क्रियाकलापमा आवश्यक वस्तुका रूपमा प्रचलित रहेको बताउनुभयो ।
टोखाको पहिचानका रूपमा स्थापित चाकु व्यवसायको प्रवर्धनका लागि “परम्परागत चाकु व्यवसाय संरक्षण समाज” गठन गरेर सो क्षेत्रका १४ चाकु व्यवसायी सङ्गठित भएका छन् । चाकुका विविध परिकार तयार गर्न मुख्य कच्चा पदार्थ सक्खरलाई आगोमा पकाएर त्यसमा मुराई, तिल, बदाम, नरिवलका धुलो, दुध, खुवा, अदुवाको रस, ल्वाङ, सुकुमेल आदि मिसाइन्छ भने सक्खरको झोलमा केही पनि नमिसाइ सादा चाकु पनि बनाउने गरिन्छ ।
नेपालमा विशेष गरी माघेसङक्रान्ति, योमरी पूर्णिमामा चाकुको परिकार खाइने भएकाले नेपालका सबै जिल्लामा पुग्ने चाकु विदेशसम्म पनि निर्यात हुने गरेको व्यवसायीहरू बताउँछन् । नेपाली परम्परागत मिठाइका रूपमा खाइने चाकु अमेरिका, बेलायत, जापान, अस्टे«लिया, हङकङलगायत नेपाली गएर बसोवास गरेका थुप्रै देशमा जानेहरूले कोसेलीका रूपमा किनेर लैजाने गरेको उहाँ बताउनुहुन्छ । टोखा नगरपालिकाका वडा नम्बर २ र ३ मा अवस्थित परम्परागत बस्तीमा दसैँ तिहार पर्व सकिएलगत्तैदेखि चाकु बनाउन सुरु हुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा मगमगायो चाकु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्