Techie IT
शुक्रबार, भदौ २६,२०८३

ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर (तस्वीरहरु)


काठमाडौं, २८ पुस । धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर काठमाडौंको कीर्तिपुरमा अवस्थित रहेको छ । यो मन्दिर काठमाडौं उपत्यकाबाट ७ किलो मिटर दक्षिण पश्चिमा अवस्थित छ ।

प्राचीन कालतिर बनेको यस मन्दिरमा कीर्तिपुरवासीले आराध्यदेवका रूपमा बाघभैरवको पूजाआजा गर्ने गर्दछ । राजा शिवदेव तृतीयले आजभन्दा करिब १००० वर्ष अगाडि बाघ भैरव मन्दिर स्थापना गरेका थिए । यो मन्दिर क्षेत्रमा हरेक वर्ष भदौ १ गते जात्राको रुपमा मनाउने चलन छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर (तस्वीरहरु)


तपाईको कमेन्ट लेख्नुहोस्