पृर्वमन्त्री शाहलाई पितृ शोक
काठमाडौँ, पुस २७ गते । पूर्व सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ । उहाँको शनिवार विहान एकसय वर्ष तीन महिनाको उमेरमा निधन भएको हो ।
विक्रम सम्वत १९८१ असोज दशै टिकाको दिन अछामको रिडिकोट (हाल साफेवगर नगरपालिका–७ ) जन्मनु भएका शाह बूढानीलकण्ठस्थित छोराहरुसँग बस्दै आउनु भएको थियो ।
नेपाली कांग्रेसको यौद्धाका रुपमा परिचित शाह अछामका शिक्षासेवी र समाजसेवी हुनुहुन्थ्यो । कांग्रेसको नेतृत्वमा २००७ सालमा डोटीमा गाभिएको कैलासखोला पश्चिमको सिमाना अछाम जिल्लामै फर्काउन सुरु भएको शान्तिपूर्ण आन्दोलनको समेत उहाँले नेतृत्व गर्नुको थियो ।
वयालपाटामा रहेको अछामकै पुरानो महेन्द्र मावि व्यवस्थापन समितिको अध्यक्ष बनेर शिक्षासेवामा लाग्नु भएको थियो । कुशल राजनीतिज्ञ, शिक्षासेवी एवं समाजसेवीका रुपमा परिचित स्वर्गीय शाहका एक श्रीमती, पाँच छोरा र पाँच छोरी हुनुहुन्छ ।
साइला छोरा गोविन्दबहादुर शाह अछामको पूर्व सांसद, पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ भने साइला छोरा राजेन्द्रबहादुर शाह उद्योग व्यवसायी एवं समाजसेवी र कान्छो छोरा टक्करबहादुर शाह नेपाली कांग्रेस अछामको सचिव हुनुहुन्छ । जेठो छोरा मोहनबहादुर शाह अवकास प्राप्त राष्ट्रसेवक हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पृर्वमन्त्री शाहलाई पितृ शोक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्