तेह्र हजार किशोरीलाई एचपिभी खोप लगाइँदै
पुस २८ गते । सल्यानका झन्डै १३ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको एचपिभी खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ९३८ जना किशोरीलाई यो खोप लगाउन लागिएको हो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार १० पालिकाका २३७ खोप केन्द्रबाट अभियान सञ्चालन गरेर खोप दिइने छ । देशव्यापी खोप कार्यक्रम आगामी माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने छ । विद्यालय जाने कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय नजाने किशोरीलाई लक्षित गरी खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमख डा. अर्जुन बुढामगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोप केन्द्रमा २५० स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने छ । जिल्लाका सबै स्थानीय तहसँग खोप अभियान सञ्चालन गर्न समन्वयात्मक कार्यक्रम गरिने उहाँले बताउनुभयो । विद्यालयमा रहेका किशोरीलाई विद्यालयमा नै खोप केन्द्र निर्माण गरी खोप लगाउने तयारी गरिएको र विद्यालयबाहिर रहेका किशोरीलाई अभियानको अन्तिम दिन खोप लगाइने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तेह्र हजार किशोरीलाई एचपिभी खोप लगाइँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्