विष्णुमती सफाई अभियानको ३३ औँ हप्ता बुढानिलकण्ठ ६ र टोखा ३ को करिडोर क्षेत्रमा सफाई
२७ पुस, काठमाडौं । टोखा नगरपालिकाको आयोजनामा ३३ औँ हप्ताको विष्णुमती सफाई अभियान सम्पन्न भएको छ । टोखा वडा नं. ३ र बुढानिलकण्ठ ६ को भन्चोको विष्णुमती करिडोर क्षेत्रमा सम्पन्न भएको छ । आजको सफाई कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारी, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीसहित जनप्रतिनिधिहरु, नगर प्रहरि, वातावरण शाखा प्रमुख ई. अनुषा शर्मा, सशस्त्र प्रहरि, लायन्स क्लव अफ काठमाडौं शुभआरम्भ, लायन्स क्लव आर्शिवाद, सरसफाईकर्मीहरु र स्थानीयबासीको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।
चिसो मौसममा पनि सफाईकर्मीहरु हातमा मेडिकल पन्जा लगाएर खोला तथा करिडोर क्षेत्र सफाईमा २ घण्टा सक्रियतापूर्वक सहभागी भएका थिए । टोखा नगरपालिकाले ५० औँ हप्ताको सफाई कार्यक्रम भव्यतापूर्वक मनाउने तयारी गरेको छ । केही दिनमा विष्णुमती सफाई अभियानको अर्को चरणको सफाई कार्यक्रम ग्राण्डी टावरदेखि मनोहरतिर्थ धामसम्म पुन सञ्चालन गर्ने नगरपालिकाले तयारी गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विष्णुमती सफाई अभियानको ३३ औँ हप्ता बुढानिलकण्ठ ६ र टोखा ३ को करिडोर क्षेत्रमा सफाई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्