दोस्रो “तीनपोखरी कप” आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा एपीएफ कोशीको विजयी सुरुआत
तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा एपीएफ कोशीको विजयी सुरुआत
खाँदबारी, २७ पुस । संखुवासभाको सदरमुकाम खाँदबारीमा शुक्रबार देखि सुरु भएको दोस्रो ‘तीनपोखरी कप’ आमन्त्रित पुरुष फुटबल प्रतियोगितामा एपीएफ कोशी प्रदेशले विजयी सुरुआत गरेको छ ।
गत वर्षको विजेता एपीएफ कोशी प्रदेशले मकालु फ्रेन्डस क्लब खाँदबारीलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो । निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि टाईब्रेकरमा एपीएफ विजयी भएको छ ।
शुक्रबार नै भएको अर्को खेलमा खाँदबारी युथ क्लबलाई तीनपोखरी समाज विकास क्लबले १–० गोल अन्तरमा पराजित गरेको छ । तीनपोखरीका लागि मिक्सेन लिम्बुले पहिलो हाफको ३ मिनेटमा गोल गरेका थिए ।
तीनपोखरी समाज विकास क्लबको आयोजनामा खाँदबारी रंगशालामा सुरु भएको प्रतियोगितामा एपीएफ, भौसाबारी मोरङ, चुलाचुली झापासहित कोशी प्रदेशका आठ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले नगद एक लाख १० हजार र सेमिफाइनलिस्ट दुई टिमले नगद २५/२५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
—
क्याटेगोरी : खेलकुद, समाचार, खेलकुद
ट्याग : ##खेलकुद पत्रकार #खेलकुद पत्रकार, #hot, #तिनपोखरी कप, #संखुवासभा, #संखुवासभा खाँदबारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्