Techie IT
शुक्रबार, भदौ २६,२०८३

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


ढल्केबर, पुस २६ गते । बालिकालाई जबरजस्ती करण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले एक जनालाई नियन्त्रणमा लिएको छ । धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता बरुणबहादुर सिंहले पीडित पक्षको भनाइको आधारमा बिहीबार राति एक जनालाई नियन्त्रणमा लिएको बताउनुभयो । अहिले अनुसन्धान चलिरहेकाले ठयाक्कै केही भन्न नसकिने बताउँदै उहाँले भन्नुभयो, “अहिले अनुसन्धान चलिरहेको छ । स्वास्थ्य परीक्षणको रिर्पोट आएपछि मात्र केही भन्न सकिन्छ ।”


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्