अपराध नियन्त्रणमा सहकार्य गरिने
ताप्लेजुङ र पाँचथरका सुरक्षा निकायले अपराध नियन्त्रण तथा विपत् व्यवस्थापनमा सहकार्य गर्ने भएका छन्। दुवै जिल्लाका सुरक्षा अधिकारीको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले अपराध नियन्त्रण, विपत् व्यवस्थापन लगायतमा सहकार्य गर्ने निर्णय गरेको हो।
दुई जिल्लाको सिमाना काबेलीमा बिहीबार बसेको अन्तर जिल्ला सुरक्षा समन्वयको बैठकले अपराध नियन्त्रण, विपत् व्यवस्थापन लगायतमा सहकार्य गर्ने निर्णय भएको बताइएको छ। सुरक्षा अधिकारीको बैठकले सुरक्षा समन्वय, अपराध नियन्त्रण, लागू औषध नियन्त्रणजस्ता विषयमा पनि दुई जिल्लाका सुरक्षा अधिकारीबिच समन्वयात्मक सम्बन्ध स्थापित गर्ने निर्णय भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो।
पाँचथरका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइरालाको नेतृत्वमा भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा दुबै जिल्लाका नेपाली सेनाका गण तथा गुल्मका प्रमुख, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरु सहभागी हुनुभएको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अपराध नियन्त्रणमा सहकार्य गरिने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्