छुट्टाछ्ट्टै दुर्घटनामा पाँच घाइते
बर्दीबासको छुट्टाछुट्टै तीन ठाँउमा भएको मोटरसाइकल दुर्घटनामा पाँच जना घाइते भएका छन् । बर्दीबास १४ स्थित पूर्वपश्चिम लोकमार्गमा विपरित दिशातर्फ गइरहेको दुई वटा मोटरसाईकल आपसमा ठक्कर खाँदा दुवै चालक घाइते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी बर्दीबासका अनुसार १२ प ७३१६ नं मोटरसाइकलबाट सर्लाहीतर्फ जाँदै गरेका धनुषा गणेशमान चारनाथ ६ गोदारका ३९ वर्षिय राकेशलाल कर्णको बायाँ खुट्टा भाँचिएको छ । त्यस्तै बाप–०२–०५४ प ६९८४ नम्वरका मोटरसाईकलबाट पूर्वतर्फ आउँदै गरेका महोत्तरी गौशाला १ का १६ वर्षिय राकेश सिंहको दाहिने हात भाँचिएको छ ।
बर्दीबास जलेश्वर फिडर रोडको वडा नं १४ तामाङ टोलस्थित भित्री सडकमा बा ३३ प ९५२१ नंको स्कुटरले ठक्कर दिँदा ७ वर्षिय पैदलयात्रु संस्कार तामाङ घाइते भएको प्रहरीले जनाएको छ । बालक तामाङको दुबै हात र खुट्टामा चोट लागेको छ ।
घाइतेहरुलाई बर्दीबासस्थित शुभ स्वास्तिक असपतालमा भर्ना गरिएको छ । घाइतेहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यसअघि राती ९ बजेतिर बर्दीबास १ स्थित पूर्वपश्मि लोकमार्गमा पश्चिमतर्फ जादै गरेको स ९ प ७०३७ नंको मोटरसाईकलले ठक्कर दिदा एक पैदल यात्री घाइते भएका छन् ।
दुर्घटनामा घाइते सिरहा धनगढी १३ का ५० वर्षिय पैदल यात्री गोपाल मिझारको अवस्था गंभिर छ । उहाँको टाउको र छातीमा गम्भिर चोट लागेको छ । सोही दुर्घटनामा परि महोत्तरी सोनमा ५ खयरवन्नीका २४ वर्षिय मोटरसाइकल चालक अखिलेशकुमार महतोको ओठ, खुट्टा र टाउकोमा चोट छ ।
इलाका प्रहरी बर्दीबासका डिएसपी रेवतीरमण पोखरेलकाअनुसार अवस्था थप गम्भिर भएपछि मिझारलाई जनकपुरस्थित जानकी हेल्थ केयरबाट काठमाडौं ट्रमा सेन्टर लगिएको छ । अर्का घाइते महतोको भने सोही असपतालमा उपचार भइरहेको डिएसपी पोखरेलले बताउनुभयो । दुर्घटनामा संलग्न ४ वटै मोटरसाईकललाई बर्दीबास प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #छुट्टाछ्ट्टै दुर्घटनामा पाँच घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्