फुटबल खेलाडी ५० हजारसहित सम्मानित
रामपुर (पाल्पा), पुस २६ गते । राष्ट्रिय यू–१३ पुरुष फुटबल टिममा छनोट भएका खेलाडीलाई रामपुर नगरपालिकाले सम्मान गरेको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले छनोट गरेको टिममा पर्न सफल विप्लप गुरुङलाई नगरपालिकाले ५० हजार रुपियाँ रकम सहित सम्मान गरेको हो ।
पाल्पाबाट एक मात्र राष्ट्रिय खेलाडीको रुपमा छनोट हुनु भएका रामपुर–७ का गुरुङलाई नगरपालिकाले नगर सभाको १६ औँ अधिवेशनको अवसरमा बिहीबार सम्मान गरेको हो । नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले चेक, सम्मान पत्र सहित दोसला र ढाका टोपी ओढाएर सम्मान गर्नुभएको थियो ।
नगरपालिकाले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पुग्न सफल खेलाडीको प्रोत्साहनका लागि सम्मान तथा पुरस्कृत गर्दै आएको रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले बताउनुभयो । खेल क्षेत्रमा गुरुङले प्राप्त गरेको सफलताले नगरको गरिमा र पहिचानलाई थप उच्च बनाएको बताउनुभयो । अधिवेशनको अवसरमा नगरपालिकाले करारमा कार्यरत रही उमेर हदका कारण विदा हुनु भएको कर्मचारी ईन्द्र बहादुर अर्याललाई समेत सम्मान गरेको छ ।
नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोष मार्फत दुई लाख ९९ हजार १६० रुपियाँ ९८ पैसा सहित दोसला, प्रशंसा पत्र र ढाका टोपीले सम्मान गरिएको थियो ।
नगर सभाको अधिवेशनले चालु आर्थिक वर्षको ४० वटा योजना तथा कार्यक्रमको बजेट ८६ वटा योजनामा रकमान्तर तथा शीर्षकान्तर गरेको छ । दुई करोड एक लाख ६५ हजार रुपियाँ बजेट ८६ वटा योजना तथा कार्यक्रममा शीर्षकान्तर गरिएको उपप्रमुख बालकुमारी थापाले बताउनुभयो । साथै नगर सभा बाट स्थानीय युवा परिषद् ऐन संशोधन गरिएको नगर प्रवक्ता कपिल बहादुर खाँणले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #breaking, #फुटबल खेलाडी ५० हजारसहित सम्मानित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्