अमेरिकाको भर्जिनियामा पोखरीमा डुबेर दुई नेपालीको निधन
भर्जिनियाको च्याान्टिलीस्थित एक होटेल बाहिर रहेको पोखरीमा डुबेर बिहीबार बिहान दुई जना नेपालीको दुःखद निधन भएको छ । मृतक दुवै जना कारभित्र सवार थिए ।
फेयरफ्याक्स काउन्टी प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार, विन्डहम होटेल नजिकै ती दुई नेपाली चढेको कार हिउँका कारण चिप्लिँदै पोखरीमा खसेपछि दुवै जनाको निधन भएको हो । मृतकहरूमा बुटवल स्थायी घर भई भर्जिनियाको च्यान्टिली बस्ने ५५ वर्षीय कर्णबहादुर खड्का र काठमाडौँका २१ वर्षीय निश्चल भट्ट रहेको पारिवारिक स्रोतले जनाएको छ । भट्ट विद्यार्थी भिसामा छ महिना अघि मात्र अमेरिका आएका थिए । पारिवारिक स्रोतका अनुसार, खड्का र भट्ट मामा भान्जा हुन् ।
उनीहरूले चलाएको गाडी पोखरीभित्र खसेपछि उनीहरू निस्कन नसकेका कारण उनीहरूको निधन भएको प्रहरीको भनाइ छ । उनीहरू खसेको १० मिनेटभित्रै प्रहरीसहितको उद्धार टोली आएर सो गाडी पोखरीबाट निकाल्दासम्म उनीहरूको चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भइसकेको प्रहरीले जनाएको छ । प्रहरीले यस बारे थप अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अमेरिकाको भर्जिनियामा पोखरीमा डुबेर दुई नेपालीको निधन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्