Techie IT
बुधबार, कात्तिक २६,२०८३

काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार


प्रदिप ढकाल ,भक्तपुर
पुष २५ , बिहिवार ।

काभ्रे कबड्डी एकेडेमीको आयोजनामा काभ्रे कबड्डी लिगको पहिलो संस्करण माघ १० गतेदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार ३ सय ३३ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले ११ हजार १सय ११ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा बिधागत तर्फ उत्कृष्ट रेडर, उत्कृष्ट डिफेण्डर, एम.भी.पी, उत्कृष्ट अल राउण्डर तथा म्याद अफ दी म्याचलाई पनि अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

लिगमा सहभागीताका दर्ता खुलिसकेको र सहभागीताका लागि ३ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको काभ्रे कबड्डी लिगका कार्यक्रम संयोजक राजेश तिमल्सिनाले जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्