शहीद चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाबाट स्वास्थ्य सेवा सुरु गर्न माग
काठमाडौं, पुस २५ गते । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरुबाट स्वास्थ्य सेवा सुरु गर्नुपर्ने सांसदहरुले माग राखेका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्नुहुँदै सांसदहरुले यस्तो माग राखेका हुन् ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको छलफलमा सहभागि हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद डा।तोषिमा कार्कीले विश्वविद्यालयका लागि बनाइएको संरचनाले सुदूपश्चिमलाई जिस्क्याएर बसेको भन्दै स्वास्थ्य सेवा सुचारु गर्नुपर्ने माग राख्नुभयो । उहाँले सेती प्रादेशिक अस्पतालमा बिरामीको थेगि नसक्नु भीड भएको उल्लेख गर्नुहुँदै विश्वविद्यालयका लागि बनाइएको संरचना प्रयोग गर्न विधेयक कुर्न नहुने बताउनुभयो ।
‘‘विधेयकहरु विधेयकका लागि मात्र ल्याइन्छन् कि सेवा दिनका लागि रु संरचनाहरु जनतालाई सेवा दिनका लागि निर्माण गरिन्छन कि जिस्क्याउनका लागि रु ७५ विघा जमिनमा झण्डै आठ अर्ब जति खर्च गरेर त्यत्रा ठुलाठुला संरचनाहरु बनाइएका छन्, धनगढीमा । त्यस संरचनाले सुदूपश्चिमलाई जिस्याएर बसेको छ । तर बिरामीहरु काठमाडौंसम्म आउनुपर्ने अवस्था छ ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यहाँ नजिकै सेती प्रादेशिक अस्पताल छ । त्यहाँ यस्तो बेजोक स्थिति छ । बिरामीको चाप यत धेरै छ कि एउटै बेडमा दुईतीन जना बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था छ । अस्पतालको गेटदेखि नै बिरामीको यति धेरै भिड छ । यदि कुनै प्रकोप आएछ भने त्यो अस्पतालले धान्ने सक्दैन ।’’
उहाँले सेती प्रादेशिक अस्पतालमा एउटै बेडमा तीनरतीन जना बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै कुनै प्रकोप आएको खण्डम उक्त अस्पतालले धान्न नसक्ने जिकिर गर्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रलयबिच समन्वय गर्न लगाएर सेती अस्पतालमा अपुग भएका स्वास्थ्य सेवाहरु विश्वविद्यालयका लागि बनाइएको संरचनामा विस्तार गर्नका लागि निर्देशन दिन समितिसमक्ष माग गर्नुभयो । उहाँले विधेयकहरु विधेयकका लागि मात्र ल्याइन्छन् कि सेवा दिनका लागि रु भन्दै प्रश्न समेत गर्नुभयो ।
सांसद कार्कीले भन्नुभयो, ‘‘त्यहाँ नजिकै ७५ विघाका संरचना हासेर गिज्याएर बसेको अवस्था छ । ति संरचनाहरुले स्वास्थ्य उपचार सेवा दिनका लागि यो विधेयकलाई कुरेर बस्ने हो रु कहिले प्रतिष्ठान भनिन कहिले विश्वविद्यालय भनिने तर अलपत्र रहेर बसेको अवस्थामा स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रलयबिच समन्वय गर्न लगाएर सेती अस्पतालमा अपुग भएका सेवाहरु त्यहाँको संरचनामा विस्तार गर्नका लागि निर्देशनको माग गर्दछु ।’’
यसैगरी, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसाधारणका छोराछोरीको समेत चिकित्सा शिक्षमा पहुँच पुग्ने गरी ल्याउनुपर्ने बताउनुभयो । उहाँले चिकित्सा शिक्षा अत्याधिक महँगो भएकाले सर्वसाधारण वञ्चित हुनुपरेको जिकिर गर्नुभयो । उहाँले विश्वविद्यालयका प्राध्यापकहरु र कर्मचारीहरु मुलुकको विकासका लागि निःस्वार्थ भावनाले लाग्नुपर्ने समेत बताउनुभयो ।
‘‘चिकित्सा शिक्षा सर्वसाधारण जनताका छोराछोरीले पाउने गरेर विधेयकमा राख्यौं भने चिकित्सा शिक्षा पढ्न एक करोड चाहिन्छ भने सामान्य जनताले पाउने भएन । त्यसकारण यो विषय पनि यस विधेयकमा राख्दा सहिद दशरथ चन्दको नाममा आएको विश्वविद्यालयले हामीलाई पढाउने रहेछ भन्ने आशा जनताले पनि देख्छन् ।,’’ सांसद सुवालले भन्नुभयो, ‘‘अर्को, विश्वविद्यालयका प्राध्यपक, कर्मचारी र विद्यार्थीहरु बिच देश र जनताको निस्वार्थपूर्वक सेवा गर्ने छलफल गर्नुपर्छ भनेर लेखिदिनुपर्छ । नत्र देशका लागि चिकित्सकहरु चिन्तित नै नहुने भयो । उसलाई पनि त देशको चिन्ता हुनुपर्छ नि । यो विषय पनि यहाँ राखौँ ।’’
नेकपा ९एमाले० का सांसद रघुजी पन्तले सबै विश्वविद्यालयहरुको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षा मन्त्री राख्न नहुने धारणा राख्नुभयो । उहाँले त्रिभूवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री राखेपनि अन्य विश्वविद्यालयको कुलपति प्रदेश प्रमुखलाई बनाउनुपर्ने माग राख्नुभयो । उहाँले छिमेकी मुलुक भारतमा समेत सोही अभ्यास भइरहेको बताउनु भयो ।
बैठकमा अधिकांश सांसदहरुले चिकित्सा शिक्षामा सर्वसाधारणको सहज पहुँच पुग्नेगरी विधेयक ल्याउनुपर्ने धरणा राखेको थिए । शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएर शिक्षा समितिमा आएको हो । सरकारले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शहीद चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाबाट स्वास्थ्य सेवा सुरु गर्न माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्