Techie IT
मंगलबार, कात्तिक २५,२०८३

पूर्व-पश्चिम राजमार्ग निर्माणमा ढिलाइ नगर्न निर्देशन


भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्व पश्चिम राजमार्ग निर्माणमा ढिलाइ नगर्न र गुणस्तरीय काम गर्न निर्देशन दिनुभएको छ । नेपाललाई अन्तराष्ट्रिय सडक सञ्जालसँग जोड्ने भएकाले यो धेरै नै महत्वको योजना भएकाले लापरबाही नहुने र गर्न नदिने उल्लेख गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

बिहिबार झापामा पूर्व पश्चिम राजमार्ग विस्तार आयोजनाको निरीक्षण गर्दै उहाँले राजमार्ग निर्माणमा ढिलाई स्वीकार्य नहुने बताउनुभयो । ूपूर्व पश्चिम राजमार्ग सरकारको उच्च प्राथमिकताको महत्वपूर्ण आयोजना भएकाले निर्धारित समयमा सम्पन्न गर्न जरुरी छू, उहाँले भन्नुभयो ।

गुणस्तरीय काम निर्धारीत समयमा सक्नका लागि सरोकारवाला सबै निकायलाई निर्देशन दिईएको उहाँले जनाउनुभयो । झापा जिल्लामा राजमार्ग निर्माणको काम तिब्र रुपमा भइरहेको छ । राजमार्गको दायाँबायाँ सम्याउने कामसँगै कन्काई, रतुवा, बिरिङ लगायतका ठुला पुलहरु पनि निर्माणको काम भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पूर्व-पश्चिम राजमार्ग निर्माणमा ढिलाइ नगर्न निर्देशन


तपाईको कमेन्ट लेख्नुहोस्