शिक्षामन्त्री भट्टराईको गुनासो- त्रिविलाई सुधार गर्न खोज्दा हस्तक्षेपको आरोप लाग्यो
काठमाडौँ, पुस २५ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्न खोज्दा हस्तक्षेपको आरोप लाग्ने गरेको गुनासो गरेकी छन् ।
शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन) ले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुधारका लागि ध्यान केन्द्रित गरेको तर आफूले केही पहल गर्दा मन्त्रीले हस्तक्षेप गरेको आरोप आउने गरेको जिकिर गरिन् । विश्वविद्यालयको सुधारका लागि पहिलो भूमिका पदाधिकारीहरूले निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री भट्टराईले कक्षा १० को परीक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिइन् । नतिजा सुधार गर्न पनि काम भइरहेको भन्दै उनले १२ कक्षाको रजिस्ट्रेशन शुल्कका लागि राजस्व छुट गरिने बताइन् ।
मन्त्री भट्टराईले छात्रवृत्तिलाई प्रभावकारी बनाउन ऐनलाई नै संशोधन गरि लक्षित वर्गसम्म पुर्याउने बताइन् । शिक्षा क्षेत्रको सुधारका लागि अहिलेको बजेट अपुग हुने भएकाले संघ लगायत प्रदेश र स्थानीय तहले पनि शिक्षा क्षेत्रका लागि बजेट बढाउनुपर्नेमा उनको जोड छ ।
मन्त्री भट्टराईले क्यालेन्डर अनुसार काम भइरहेको र कुनै कमजोरी भए सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाइन् । उनले यसअघि विशेष परिस्थितिमा स्थापना भएका दल निकट शिक्षक संगठनहरू अहिलेको अवस्थामा आवश्यक नरहेको पनि बताइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शिक्षामन्त्री भट्टराईको गुनासो- त्रिविलाई सुधार गर्न खोज्दा हस्तक्षेपको आरोप लाग्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्