संसदीय समितिमा राजकिशोर यादव र प्रेम सुवालबीच बाझाबाझ, के थियाे विवाद ?
काठमाडौँ, पुस २५ गते । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको वैठकमा सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच बाझाबाझ भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा उनीहरुबीच तनाव उत्पन्न भएको हो ।आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले कडा स्वरमा प्रश्न उठाएका थिए । त्यसपछि यादवले उत्तेजित जवाफ फर्काए । यादवको छेउमै बसेका माधव नेपाल मुसुमुसु हाँसे मात्रै, केही बोलेनन् ।
यादवले वैठक समापन भएको घोषणा गरेपछि सुवालले उनीतिर औंला तेर्साउँदै भनेका थिए, ‘सभापतिज्यूले जथाभावि नगर्नुस । मैले बोल्न पाउँछु कि पाउँदिन ? मैले सहमति छैन भन्दा भन्दै कि जबरजस्ति गर्नुभयो ?’
सुवालको भनाइले यादव आवेशमा आए । उनले सुवालको प्रश्नको जवाफ नदिइकन उनलाई थर्काउँदै भने, ‘औंला तल राख्नुस, नौंटंकी गर्ने ?’
सुवालले निरंकुश ढंगले वैठक नचलाउन यादवलाई चेतावनी दिए ।
‘तपाईं निरंकुश बन्न नखोज्नुस, यो राणा शासन होइन, तपाईं राणाको अवतार लिन नखोज्नुस । जसरी राणा शासन समाप्त भयो, त्यसैगरि तपाईं यो समितिबाट हुत्तिनुहुन्छ होस गर्नुस । तपाईं पनि एक्लै म पनि एक्लै, के फुर्ति गर्नुहुन्छ ?’ सुवाल चर्किए ।
उनले थपे, ‘मेरो आपत्ति छ भनेपछि के हो भनेर सोध्नुपर्दैन सभापति ? अनुपस्थित सदस्यको नाममा समिति बनाएर के गर्न खोज्नुभएको ? तपाईं निरंकुश बन्ने ?’
त्यसपछि यादव जुरुक्कै आफ्नो कुर्सीबाट उठेर भने, ‘हो, बन्ने । के गर्नुहुन्छ ?’ ‘तपाईं निरंकुश बन्नुभयो भने सकिनु हुन्छ । कुन दिन सिधिन्छ यो सभापति अनि थाहा हुन्छ ।’ यति भनेर भुट्भुटिँदै निस्किए सुवाल ।
नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए थियो ।
यसअघि माओवादी सांसद सुदन किरातीसँग पनि समितिमा सभापति यादवको भनाभन भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #के थियाे विवाद ?, #संसदीय समितिमा राजकिशोर यादव र प्रेम सुवालबीच बाझाबाझ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्