Techie IT
शनिबार, भदौ २७,२०८३

आठ सयभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने


रामेछापको उमाकुण्ड गाउँपालिकामा आगामी माघ २२ गतेदेखि २४ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको ९एचपीभी० खोप अभियान सञ्चालन हुने भएको छ । ७ वटा वडा रहेको गाउँपालिकामा माघ २२ र २३ गते माध्यमिक विद्यालयहरू तथा तोकिएका विद्यालय केन्द्रित खोप केन्द्रहरूमा र २४ गते खोप छुटेकाहरूलाई वडास्तरीय स्वास्थ्य संस्थाहरूमा खोप लगाइने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारले बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले पाठेघरको क्यान्सर निको पार्न प्रभावकारी र सुरक्षित मानिएको एचपीभी खोप अभियानको क्रममा विद्यालय अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका उमेरका किशोरीहरूलाई लगाउन लागिएको होू, उहाँले भन्नुभयो ।

उमाकुण्ड गाउँपालिकामा विद्यालय जाने र विद्यालय बाहिर गरी ८१७ जनाले खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य शाखा प्रमुख सुनुवारले बताउनुभयो । आगामी माघ २२ देखि फागुन ६ गतेसम्म १५ दिन सातै वटा प्रदेशमा सहज रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ९एचपीभी० खोप वितरण गर्ने कार्यक्रम अन्तरगत उमाकुण्ड गाउँपालिकामा पति खोप अभियान सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो ।

चिकित्सकका अनुसार पाठेघरको मुखका कोशिकाको असामान्य वा अस्वाभाविक वृद्धि हुनु पाठेघरको मुखको क्यान्सर हो । यो ह्युमन प्यापिलोमा’ भाइरसको सङ्क्रमणका कारण हुने गर्दछ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आठ सयभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने


तपाईको कमेन्ट लेख्नुहोस्