छेपेटारमा वृद्धाश्रमको भवन निर्माण सकियो
वृद्धश्रमको भवन कुल ५ करोड २९ लाख २९ हजार ३ सय ९३ रुपियाँमा बजेटमा निर्माण गरिएको इन्जिनियर सर्मिला थापाले बताउनुभयो । पूर्वाधार कार्यालय गोरखा र आशिष ईको जेभी खैरेहनी चितवन बिच २०७६ साल भदौ १ गते सम्झौता भई २०७८ भदौ १ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएतापनि निर्माण कम्पनीको लापारवाही र ढिलाचुस्तीले गर्दा भवन निर्माण हुन लम्बिएको पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।
निर्माण कम्पनीले कोभिड लगायत विविध कारणहरु देखाउँदै पटकपटक गरी ३ पटक म्याद थप गरिएको छ । तेस्रो पटक २०८१ पुस २२ गतेसम्म सम्पन्न गर्नुपर्ने अन्तिम म्याद रहेको थियो । अहिले त्यस भवनको वरीपरी नाली, बाटो, बिजुली, झयालढोका र मुख्यगेट समेत सम्पन्न भएको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेशराज सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण कम्पनीलाई पटकपटक बोलाएर समयमै काम सम्पन्न गर्न आग्रह गर्दै तोकिएको मितिमा काम सम्पन्न नगरे कडा रुपमा कार्यालयले कदम चाल्ने जानकारी गराएपछि निर्माण कम्पनीले धमाधम काम सुरु गरी भवन निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो ।
भवन निर्माण सम्पन्न भएकाले भवन गोरखा नगरपालिकालाई हस्तान्तरण गर्न भौतिक पूर्वाधार मन्त्रालयमा पत्राचार गरिसक्यौँ, कार्यालय प्रमुख सुबेदीले भन्नुभयो, “मन्त्रालयको पत्र आउने बित्तिकै एक कार्यक्रमका बीच वृद्धाश्रमको भवन गोरखा नगरपालिकाको स्वमित्वमा रहने गरी बुझाईने तयारी भएको पूर्वाधार कार्यालय प्रमुख सुबेदीको भनाइ छ ।”
पूर्वाधार कार्यालय गोरखाले भवन हस्तान्तरण गरेपछि त्यसको रेखदेख व्यवस्थापनको सम्पूर्ण जिम्मा गोरखा नगरपालिकाले लिने गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर रानाले जानकारी दिनुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #छेपेटारमा वृद्धाश्रमको भवन निर्माण सकियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्