बसको ठक्करबाट महिलाको मृत्यु
बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका(५ विरेन्द्र चोकबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको लु। प्र। ०२००१ ख। ४४ नम्बरको बसको ठक्करबाट तुलसीपुर(५ सम्झना टोलकी ३९ वर्षीया तिर्सना घर्ति मगरको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार बुधबार दिउँसो पौने दुई बजेतिर तुलसीपुर(५ नयाँ बसपार्कस्थित माछापुच्छ्रे गेट नजिकै बसले घर्तिलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी घर्तिलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याए लगत्तै उपचारकै क्रममा सवा दुई बजेतिर मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ । मृतक महिलाको शवलाई अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।
ठक्कर दिने बस र बसका चालक तुलसीपुर(६ का ४२ वर्षका खेमराज ओली प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बसको ठक्करबाट महिलाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्